काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई आज अदालतमा उपस्थित गराइने भएको छ।
शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई अदालतमा पेश गर्न सम्भव नभएको थियो। आज अदालत खुल्नासाथै दुवै जनालाई काठमाडौं जिल्ला अदालत मा उपस्थित गराउने तयारी गरिएको प्रहरीले जनाएको छ।
गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्दा ७६ जनाको ज्यान गएको थियो भने दुई हजार चार सयभन्दा बढी घाइते भएका थिए। उक्त घटनामा सरकारी तथा निजी संरचनामा व्यापक तोडफोड, आगजनी र लुटपाटसमेत भएको थियो।
घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोग ले दुवै नेतासहित जिम्मेवार पदाधिकारीहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो। सोही प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयपछि वर्तमान सरकारको निर्देशनमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउपछि केपी शर्मा ओली लाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल मा भर्ना गरिएको छ भने रमेश लेखक लाई प्रहरी हिरासतमा राखिएको छ।
ओली र लेखकको गिरफ्तारीपछि काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा राजनीतिक दलका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन्। आज अदालतमा पेश गरिएपछि थप कानुनी प्रक्रिया अघि बढ्नेछ।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!