पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ, सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान तीव्र

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ, सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान तीव्र

काठमाडौं।नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।

प्रहरी स्रोतका अनुसार खड्का लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन्। उक्त प्रकरणसँगै जेनजी आन्दोलनका बेला उनको निवासमा भएको आगजनीपछि ठूलो परिमाणमा नगद रकम उडेको दाबी गरिएको भिडियो सार्वजनिक भएपछि उनीमाथि थप अनुसन्धान अघि बढाइएको हो।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (CIB) स्रोतका अनुसार खड्कालाई नियन्त्रणमा लिएर विस्तृत सोधपुछ भइरहेको छ। उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपको आधारमा कानुनी प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।

यस घटनाले पछिल्लो समय राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ भने अनुसन्धानको दायरा थप फराकिलो हुने संकेत देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP