जेन–जी सहिद परिवारलाई विद्युत् प्राधिकरणमा रोजगारीको अवसर

जेन–जी सहिद परिवारलाई विद्युत् प्राधिकरणमा रोजगारीको अवसर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण ले जेन-जी आन्दोलन का क्रममा सहिद भएका व्यक्तिका परिवारलाई रोजगारी उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ। प्राधिकरणले आइतबार सूचना जारी गर्दै भदौ २३ र २४ गते भएको आन्दोलनसँग सम्बन्धित सहिद परिवारका सदस्यलाई सम्पर्कमा आउन आग्रह गरेको छ। उक्त सूचनाअनुसार सहिद परिवारका लागि रोजगारी व्यवस्थासम्बन्धी प्रक्रिया ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय को निर्देशनअनुसार अघि बढाइएको हो।

प्राधिकरणको अनुसार रोजगारीका लागि विभिन्न व्यक्तिहरूबाट निवेदन प्राप्त भइसकेको छ। तर, केही निवेदकहरूले सहिदसँगको नाता पुष्टि गर्ने आवश्यक कागजात पेश नगरेको वा अपूर्ण विवरण दिएको पाइएकाले ३५ दिनभित्र आवश्यक प्रमाणसहित सम्पर्क गर्न अनुरोध गरेको छ । 

सूचनामा उल्लेख गरिएअनुसार, सहिद परिवारले पाउने सुविधामा अन्य कसैको हकदाबी भएमा पनि प्रमाणसहित तोकिएको समयभित्र काठमाडौंस्थित प्राधिकरणको केन्द्रीय कर्मचारी प्रशासन शाखामा उपस्थित हुन भनिएको छ। यस कार्यक्रमअन्तर्गत गोरखा, सुनसरी, सप्तरी, चितवन, कैलाली, झापा, बाजुरा, उदयपुर र काठमाडौं लगायतका जिल्लाबाट आएका आवेदकहरूको नामावली समेत सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP