काठमाडौं । सरकारले विद्यालय र उच्च शिक्षामा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुँदै आएका इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्स कार्यक्रमहरू बन्द गर्न निर्देशन दिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले जारी गरेको सूचनाअनुसार आगामी बैशाख १ गतेदेखि लागू हुने गरी यस्ता कार्यक्रम सञ्चालन नगर्न सबै सम्बन्धित निकायलाई निर्देशन दिइएको हो।
मन्त्रालयका अनुसार विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुअघि ब्रिज कोर्सका नाममा सञ्चालन भइरहेका कक्षाले विद्यार्थी र अभिभावकमा अनावश्यक दबाब सिर्जना गरेको निष्कर्ष निकालिएको छ।
यससँगै मन्त्रालयले यस्ता गतिविधि तत्काल रोक्न र नियम विपरीत सञ्चालन भएमा आवश्यक कारबाही गरिने चेतावनी दिएको छ।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!