काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो।
शर्मामाथि एक बालिकालाई घरमा राखी बालश्रम गराएको आरोप लागेको छ। यसअघि उक्त घटनामा मुद्दा नचलाउने रायसहितको फाइल जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंबाट उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालय पुगेको थियो।
बालिकाको उद्दारका क्रममा काठमाडौं महानगरपालिकाको नगर प्रहरी, सम्बन्धित वडाका प्रतिनिधि तथा नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का समेत गरेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!