पेट्रोलियम पदार्थको मूल्य ऐतिहासिक उच्चमा, प्रतिलिटर १५ रुपैयाँ वृद्धि

पेट्रोलियम पदार्थको मूल्य ऐतिहासिक उच्चमा, प्रतिलिटर १५ रुपैयाँ वृद्धि

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल आयल निगम ले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि छ । निगम सञ्चालक समितिको चैत १९ गते बसेको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको थियो, जसअनुसार नयाँ मूल्य शुक्रबार बिहान १२ बजेदेखि लागू भएको छ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम गरिएको छ।

निगमका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ। यसकै प्रभावस्वरूप निगमलाई प्रत्येक पन्ध्र दिनमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नु परेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP