आजदेखि सरकारी कार्यालय ९–५, इन्धन बचत लक्ष्य

आजदेखि सरकारी कार्यालय ९–५, इन्धन बचत लक्ष्य

काठमाडौं । आजदेखि देशभरका सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार नयाँ कार्यालय समय लागू गरिएको हो।

यसअघि कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म थियो भने जाडोयाम (कात्तिक १६ देखि माघ १५) मा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको थियो।

सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने तथा कार्यालय समय परिमार्जन गर्ने निर्णय गरेको हो। उक्त निर्णय हिजो नै राजपत्रमा प्रकाशित भइसकेको छ।

यो पहिलो पटक भने होइन। यसअघि २०७९ जेठ १ गते शेर बहादुर देउवा  नेतृत्वको सरकारले पनि बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने अभ्यास सुरु गरेको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दोहोरो सुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एक महिना अगाडि

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखा ...

छुटाउनुभयो कि ?

TOP