काठमाडौं । महानगरपालिकाको ४८औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकमा विविधसहित २७ वटा विषयमा छलफल गरिएको जनाइएको छ।
बैठकले विवाद व्यवस्थापन तथा क्षतिपूर्ति कोष सञ्चालन कार्यविधि, २०८२ र मेट्रो मार्ट सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ स्वीकृत गरेको छ। साथै, श्रम बैंक सञ्चालन कार्यविधि, २०८०, पर्यटन प्रवर्धन कोष सञ्चालन कार्यविधि, २०७८ र साझेदारी तथा लगानी ऐन, २०७९ संशोधनका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको छ।
यस्तै, बैठकले एक कानुन, एक मापदण्ड र आठ वटा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ। कार्यस्थलमा हुने लैङ्गिक हिंसाविरुद्ध कानुन निर्माण गर्ने सहमति भएको छ भने होमस्टे दर्ता तथा नवीकरण, सामुदायिक विद्यालय सार्वजनिक खरिद, संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन, प्रारम्भिक बाल विकास तथा शिशु स्याहार केन्द्र सञ्चालन, विशेष तथा वैकल्पिक शिक्षा सञ्चालन, शैक्षिक गुठी व्यवस्थापन र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त सहर व्यवस्थापन सम्बन्धी कार्यविधि तर्जुमा गर्ने निर्णय भएको छ।
यसैगरी, अस्थायी संरक्षण गृह सञ्चालनसम्बन्धी मापदण्ड तयार गर्न पनि सैद्धान्तिक सहमति प्रदान गरिएको महानगरले जनाएको छ।
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!