राष्ट्रियसभा बैठकमा इन्धन असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण

राष्ट्रियसभा बैठकमा इन्धन असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण गराएकाछन् । बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले पुँजी बजारमा लगातार गिरावट आएको, सवारी दुर्घटना, पश्चिम एसियमा रहेका नेपाली कामदार, बढ्दो महँगी, बढ्दो साइबर अपराध, इन्धनको मूल्यवृद्धिका लागि मुद्रास्फिति बढेको, सरकारी कार्यालय र शिक्षण संस्थामा दुई दिन कार्यालय बिदा दिइनुले पार्ने प्रभावबारे धारणा राखे । उनले बजारको मूल्यवृद्धिको  प्रभावकारी नियन्त्रण गर्न सरकारलाई आग्रह गरे । 

सो समयमा कृष्णबहादुर रोकाया, घनश्याम रिजाल, पदमबहादुर परियार, मनरुपा शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, विष्णुकुमारी सापकोटा, विष्णुबहादुर विश्वकर्मा, श्रीकृष्णप्रसाद अधिकारी, सावित्री पन्तले धारणा राखेका थिए  । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
4 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP