पुटिनलाई जेलेन्स्कीको प्रत्यक्ष वार्ताको प्रस्ताव, रुसद्वारा अस्वीकार

पुटिनलाई जेलेन्स्कीको प्रत्यक्ष वार्ताको प्रस्ताव, रुसद्वारा अस्वीकार

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन् । तर, रुसले उक्त प्रस्ताव अस्वीकार गरेको छ ।

पुटिनलाई लेखेको खुला पत्रमा जेलेन्स्कीले युक्रेन र रुसबीच प्रत्यक्ष संवादमार्फत मात्रै दिगो शान्ति सम्भव हुने बताएका छन् । उनले प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्धविराम लागू गर्न पनि आह्वान गरेका छन् ।

जेलेन्स्कीले युरोपको युद्धप्रति पुनः अमेरिकाको ध्यान केन्द्रित नहुँदासम्म पर्खनु उचित नहुने उल्लेख गर्दै तत्काल वार्तामा बस्न आग्रह गरेका छन् । तर, रुसी राष्ट्रपति पुटिनले बिहीबार उक्त प्रस्ताव अस्वीकार गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने दुई नेताबीच भेटवार्ता भए सकारात्मक परिणाम आउन सक्ने बताएका छन् । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसबारे पुटिनलाई जानकारी गराइएको जनाएको छ ।

बीबीसीका अनुसार पत्रमा हालै युक्रेनले रुसी भूमिमा गरेका आक्रमणको संकेतसमेत गरिएको छ । साथै, जेलेन्स्कीले पुटिनलाई प्रत्यक्ष भेटवार्ताका लागि औपचारिक निमन्त्रणा पनि दिएका छन् ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
14 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP