सम्पत्ति छानबिनमा सफाइ पाए सुधन गुरुङ

सम्पत्ति छानबिनमा सफाइ पाए सुधन गुरुङ

काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि उठेका सम्पत्ति र लगानीसम्बन्धी आरोप छानबिन समितिले पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ। सरकारद्वारा गठित उच्चस्तरीय समितिले गुरुङको चल–अचल सम्पत्ति, सेयर लगानी र आर्थिक कारोबारको अध्ययनपछि उनको सम्पत्तिमा कुनै गैरकानुनी स्रोत नदेखिएको जनाएको हो।

पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित तीन सदस्यीय समितिले सरकारलाई बुझाएको ४५ पृष्ठ लामो प्रतिवेदनमा गुरुङको सम्पत्तिलाई वैध ठहर गरिएको छ। सार्वजनिक रूपमा प्रश्न उठाइएको ८९ तोला सुनलाई समितिले पैत्रिक सम्पत्ति मानेको छ भने सुन खरिदका लागि बैंकिङ कारोबार नदेखिएकाले उक्त सम्पत्ति परिवारबाटै आएको निष्कर्ष निकालेको छ।

त्यस्तै, विवादास्पद व्यवसायी दीपक भट्टसँग गुरुङको व्यावसायिक साझेदारी रहेको आरोप पनि समितिले अस्वीकार गरेको छ। सेयर खरिदका लागि ऋण लिएको कागजात फेला परेको र भट्टसँगको सम्बन्ध केवल चिनजानमा सीमित रहेको प्रतिवेदनमा उल्लेख छ।

सम्पत्ति विवरणमा देखिएका केही फरक तथ्यलाई समितिले व्यक्तिको नियतभन्दा पनि राज्यको कमजोर प्रशासनिक र अभिलेखीकरण प्रणालीको परिणामका रूपमा व्याख्या गरेको छ। जग्गाको मूल्यांकन, सम्पत्ति अभिलेख तथा सुनको ट्र्याकिङ प्रणालीमा सुधार आवश्यक रहेको सुझावसमेत समितिले दिएको छ।

गुरुङमाथि रकमको स्रोत र लगानीबारे प्रश्न उठेपछि चर्को राजनीतिक दबाब सिर्जना भएको थियो। त्यसपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

 छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै गुरुङलाई लागेको आरोपबाट राहत मिलेको छ भने उनको राजनीतिक पुनरागमनको चर्चा पनि सुरु भएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
14 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP