काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमणमा जाने भएका छन्। हालै भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका मन्त्री खनालको चीन भ्रमण तय भएको हो।
उच्च स्रोतका अनुसार मन्त्री खनाल जुन १४ (जेठ ३१ गते) मा चीन प्रस्थान गर्नेछन्। भ्रमणका क्रममा जुन १५ र १६ तारिखमा विभिन्न औपचारिक भेटघाट तथा कूटनीतिक छलफलका कार्यक्रम राखिएको छ। उनले चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ हाइसिङ सँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।
भेटवार्तामा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आर्थिक तथा पूर्वाधार सहकार्य, व्यापार, लगानी, पर्यटन प्रवर्द्धन र आपसी हितका क्षेत्रबारे छलफल हुने अपेक्षा गरिएको छ। साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा समेत विचार आदानप्रदान हुने बताइएको छ।
भ्रमणका क्रममा मन्त्री खनालले चीनमा रहेका नेपाली समुदाय तथा नेपाली डायस्पोराका प्रतिनिधिसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ। उनले त्यहाँ रहेका नेपालीहरूको अवस्था, समस्या तथा सुझावबारे जानकारी लिनेछन्।
मन्त्री खनाल जुन १७ तारिखमा स्वदेश फर्किने कार्यतालिका रहेको छ। यद्यपि भ्रमणको मिति, एजेण्डा र औपचारिक कार्यक्रमबारे परराष्ट्र मन्त्रालय ले हालसम्म सार्वजनिक रूपमा जानकारी दिएको छैन।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री ले भारत भ्रमणसँग सम्बन्धित विषयमा मन्त्रालय केन्द्रित रहेकाले चीन भ्रमणको तयारीबारे विस्तृत छलफल हुन नसकेको बताएका छन्। उनले चिनियाँ पक्षसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै भ्रमणसम्बन्धी थप जानकारी छिट्टै औपचारिक रूपमा सार्वजनिक गरिने बताएका छन्।
काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!