एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई विमानस्थलबाट फर्काइए

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई विमानस्थलबाट फर्काइए

फिफा विश्वकप फुटबल हेर्न अमेरिका जाँदै गरेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएका छन्।

उनीहरू सोमबार बिहान मेक्सिको हुँदै अमेरिका प्रस्थान गर्ने तयारीमा रहेका बेला विमानस्थलबाटै फर्काइएको हो। अध्यागमन स्रोतका अनुसार उनीहरू कालोसूची (ब्ल्याकलिस्ट) मा रहेकाले विदेश जान रोक लगाइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै भने, “उहाँहरू ब्ल्याकलिस्टमा रहेकाले हामीले आज बिहान विमानस्थलबाट फर्काइदिएका हौँ।”

आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश यात्रा गर्न रोक लगाएको थियो।

फिफा विश्वकप २०२६ सम्बन्धी कार्यक्रममा सहभागी हुने उद्देश्यले विदेश यात्रा रोक फुकुवाका लागि एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई सोमबार राखेपमा पुगेका थिए। तर राखेपले उनीहरूको विदेश जाने अनुमति खुला गर्न अस्वीकार गरेको बताइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
14 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP