बालुवाटारको मारिया हस्पिटल सिलबन्दी, तीन चिनियाँ चिकित्सकको दर्ता निलम्बन

बालुवाटारको मारिया हस्पिटल सिलबन्दी, तीन चिनियाँ चिकित्सकको दर्ता निलम्बन

काठमाडौं - नेपाल मेडिकल काउन्सिलले काठमाडौंको बालुवाटारस्थित मारिया हस्पिटल (मारिया हेल्थ सेन्टर प्रा.लि.) लाई सिलबन्दी गरेको छ। स्थलगत अनुगमनका क्रममा अस्पताल आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी गैरकानुनी रूपमा सञ्चालन भइरहेको भेटिएपछि काउन्सिलले उक्त कारबाही गरेको हो।

काउन्सिलका अनुसार अनुगमनका क्रममा अस्पतालमा विदेशी चिकित्सकमार्फत अवैध रूपमा बिरामीको स्वास्थ्य परीक्षण भइरहेको फेला परेको थियो। त्यसपछि चिकित्सा अभ्यासमा संलग्न तीन जना चिनियाँ चिकित्सकको अस्थायी दर्ता तत्कालका लागि निलम्बन गरिएको छ।

यस्तै, अस्पतालको बोर्डमा नाम राखी आचारसंहिता उल्लङ्घन गरेको आरोपमा संलग्न नेपाली चिकित्सकहरूलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको काउन्सिलले जनाएको छ।

अस्पताललाई भौतिक रूपमा बन्द गर्न तथा सञ्चालकमाथि आवश्यक कानुनी कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्राचार गरिसकिएको छ। साथै, भिसा सर्तविपरीत कार्य गर्ने विदेशी नागरिकको गैर-पर्यटकीय भिसा तथा श्रम इजाजत खारेजीका लागि सम्बन्धित निकायमा विस्तृत प्रतिवेदन पठाइएको छ।

नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले जनस्वास्थ्यमा खेलबाड गर्ने तथा काउन्सिलको आचारसंहिता विपरीत कार्य गर्ने जोसुकैलाई कानुनबमोजिम कारबाही गरिने बताए।

काउन्सिलले बिना अनुमति सञ्चालन भएका स्वास्थ्य संस्था वा दर्ता नभई लुकिछिपी बिरामी जाँच गर्ने चिकित्सकबारे जानकारी भए प्रमाणसहित उजुरी दिन सर्वसाधारणलाई आग्रह गर्दै उजुरीकर्ताको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
11 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP