बेइजिङ। नेपाल र चीनले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
चीनको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल ले सोमबार बेइजिङमा चीनका विदेशमन्त्री वाङ यी सँग भेटवार्ता गरेका हुन्।
चारदिने भ्रमणका क्रममा भएको भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षबारे विस्तृत छलफल भएको परराष्ट्रमन्त्री खनालले जानकारी दिएका छन्। भेटवार्तामा सम्पर्क सञ्जाल (कनेक्टिभिटी), सीमा व्यवस्थापन, व्यापार विस्तार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका विषयमा विशेष रूपमा छलफल भएको बताइएको छ।
दुवै पक्षले जनस्तरका सम्बन्धलाई थप विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान गरेका छन्। पछिल्ला वर्षहरूमा नेपाल र चीनबीच राजनीतिक, आर्थिक तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्य बढिरहेका बेला यो उच्चस्तरीय भेटवार्तालाई द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिने अवसरका रूपमा हेरिएको छ।
भेटवार्तामा दुवै देशले पारस्परिक सम्मान, साझा हित र सहकार्यको भावनालाई थप मजबुत बनाउँदै आगामी दिनमा सम्बन्धलाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमार्फत सरकारी कर्मचारीको ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!