नेपाल र जिम्बाब्वे ए आज दोस्रो टी-२० खेल्दै

१९ वैशाख,  काठमाडौं । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वे 'ए' विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा बलिङ र ब्याटिङ दुबैमा चुकेको नेपाल घरेलु मैदानमा पराजित भएको थियो ।

त्यसैले नेपाल दोस्रो खेलमा हारको बदला लिदै शृंखला १-१ को अवस्थामा ल्याउन चाहन्छ । नेपाली टिम सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ ।

नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को तयारी स्वरुप जिम्बाब्वेसँग खेल्न लागेको हो । यसअघि पहिला तीन एकदिवसीय खेल र त्यसपछी तीन टी-२० खेल हुने बताइए पनि वर्षाका कारण पहिला टी-२० अगाडि सारिएको थियो । तेस्रो तथा अन्तिम टी-२० बुधबार हुनेछ ।

त्यसपछि तीन एक दिवसीय खेल हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

“कीर्तिपुरको उज्यालो मैदानबाट नेपाल क्रिकेटले अझ उज्यालो भविष्य लेख्नेछ” – मन्त्री घिसिङ
2 महिना अघि

काठमाडौं मङ्सिर १– त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर क्रिकेट रङ्गशालाको पहिलो चरणअन्तर्गत निर् ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP