एसियाली खेलकुद स्थगित

चीनको हानझाउ शहरमा आयोजना हुने भनिएको १९ औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ ।

आगामी भदौमा हुने भनिएको उक्त प्रतियोगिता कोरोना भाइरस महामारीको कारण स्थगित गरिएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)द्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । चीनमा हुने एसियाड आगामी भदौ २५ देखि असोज ९ गतेसम्मका लागि तय भएको थियो । चिनियाँ ओलम्पिक कमिटी, हानझाउ एसियन गेम्स आयोजक कमिटी र ओसिएको कार्यकारी बोर्डको संयुक्त छलफलपछि एसियाड खेल रोक्ने निर्णय भएको हो । तीनै निकायको संयुक्त छलफलपछि एसियाडको नयाँ मिति तय हुने बताइएको छ ।

नेपालले एसियाडमा २३ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको थियो ।  उक्त प्रतियोगिताको लागि नेपालले खेलाडी छनोटसमेत सुरु गरिसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

“कीर्तिपुरको उज्यालो मैदानबाट नेपाल क्रिकेटले अझ उज्यालो भविष्य लेख्नेछ” – मन्त्री घिसिङ
2 महिना अघि

काठमाडौं मङ्सिर १– त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर क्रिकेट रङ्गशालाको पहिलो चरणअन्तर्गत निर् ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP