निर्णायक खेलमा नेपाल र जिम्बावे ‘ए’, टस ढिला हुने

२६ वैशाख,  काठमाडौं । नेपाल भ्रमणमा रहेको  जिम्बावे ‘ए’ र नेपालबीचको अन्तिम तथा निर्णायक एक दिवसिय खेल आज हुदैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल साढे ९ बजे हुने तालिका रहेको छ । तर राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस केही समय पर धकेलिने क्यानले जनाएको छ ।

नेपाल र जिम्बावे ए बीचको तीन एकदिवसिय सिरिज १–१ को बराबरी अवस्थामा छ ।

पहिलो खेलमा जिम्बावे तीन विकेटले विजयी भएको थियो भने  दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो ।

अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

“कीर्तिपुरको उज्यालो मैदानबाट नेपाल क्रिकेटले अझ उज्यालो भविष्य लेख्नेछ” – मन्त्री घिसिङ
2 महिना अघि

काठमाडौं मङ्सिर १– त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर क्रिकेट रङ्गशालाको पहिलो चरणअन्तर्गत निर् ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP