बिश्वकै कान्छी भागवत कथा बाचिकाले शुक्रबारदेखी दैनिक दुई घन्टा प्रबचन दिने

काठमाडौ ।विश्वकै सबैभन्दा कान्छी भागवत कथा वाचिकाको रुपमा आफ्नो परिचय स्थापित गरेकी अनुराधा पाण्डेय पशुपति कोटिहोम महायज्ञमा आएकी छन । नेपालको इतिहासमा हालसम्मकै ठूलो ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञमा विधुषि वाचिका अनुराधाले अब दैनिक २ घण्टा कथा प्रवचन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । विधुुषी अनुराधा पाण्डेले पशुपति कोटिहोम महायज्ञमा भोलिबाट सायनकालीक समयको ५ बजेदेखि ७ बजेसम्म कथा प्रवचन गर्ने समय तय भएको छ । 
नेपालको गुल्मि जिल्लामा जन्मिएर हाल वृन्दावनमा भागवत कथा अध्यनरत रहेकी विधुषी अनुराधाले बिहिबार पनि आशिवर्चन राखेकी छिन । सुमधुर स्वरमा आफ्नो प्रवचन राख्दा भक्तजनहरु आनन्दमय मुद्रामा श्रवण गरिरहेका थिए । 
आशिर्वचन राख्ने क्रममा नेपालमा आएर कथा प्रवचन गर्ने वातावरण मिलाइदिने आयोजक मानव सेवा फाउण्डेसन अनि अनि संकल्पकर्ता वालयोगेश्वर विजयकृष्णमूर्ती जी महाराजलाई धन्यवाद सँगै भोलि सबैलाई उपस्थितीको लागि पनि आग्रह गरेकी छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारी वकिलको निर्देशनपछि हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं
13 घण्टा अघि

काठमाडौं,माघ २५-जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोज ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP