५ लाखले गरे पशुपतिनाथको दर्शन

२१ भदौ काठमाडौ ।नेपाली सनातन हिन्दूहरुको महान चाड हरितालिका तीज आज धुमधामसग मनाइयो।देशैभरीका सबै शिबालयमा नारिहरुको भिड देखिन्थ्यो ।

त्यसैगरी पशुपतिनाथ मन्दिरमा करिब ५ लाख भक्तहरुले दर्शन गरेकाछन।बिहानको तीन बजेबाट ४ वटै ढोका खुल्ला गरिएको थियो।दर्शनको निम्ति लाइन ब्यबस्थापन अत्यन्त राम्रो मिलाइएको थियो।

भक्तहरुको लागि आबस्यक सबै प्रकारका सुबिधा उपलब्ध गराइएको थियो।अघिल्लो बर्ष भन्दा सजिलोसग छिटोछरितो ढङ्गले दर्शन गर्न पाएपछि भक्तहरु दङ्ग देखिन्थे।

बिहान पख पानी परेको भएपनी दिउसो मौसम समेत हल्का गर्मिको बाबजुद सफा थियो।अघिल्लो रात दर खाएर आज निरहार व्रत बसेका बिबाहित /अविवाहित नारिहरुको उल्लेख उपस्थित रहेको थियो।

बालबच्चा भएका महिला ,बिरामी र बृद्धअबश्था का आमाहरूलाई लाइनमा नबसी दर्शन गर्ने ब्यबस्थाका कारण उनिहरु झनै खुशी देखिन्थे ।आजको दिनको अत्यन्त महत्व रहेको धार्मिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ ।

खासगरी पार्बतिले महादेव स्वामि पाउ भनेर गरिएको ब्रतको प्रभावले महादेव स्वामी पाउन सफल भएकोले त्यसै दिनदेखि अविवाहित नारिहरुले आफुले सोचेको जस्तो वर पाउ भनी व्रत बस्ने र बिबाहित नारिले श्रीमानको लामो दिर्घायुको कामना गर्दै व्रत बस्न थालिएको किम्बदन्ती प्रख्यात छ।

धार्मिक र बैज्ञानिक हिसाबले पनि स्वास्थको लागि समेत ब्रतको महत्व रहेको पशुपति बिकास कोषका उप निर्देशक /प्रबक्ता रेवति  रमण अधिकारी बताउँछन् ।पशुपति क्षेत्रमा स्वयंसेवक  २हजार ५ सय,पशुपति क्षेत्र बिकास कोषका कर्मचारी ३ सय ,नेपाल प्रहरी ४ हजार ५ सय  , ससस्त्र १ हजार ६ सय ,नेपाली सेना ६०,विभिन्न निकायका गुप्तचर कर्माचारी गरि ६० जनाले प्रत्यक्ष सेवा दिएर सेवा पुराएका थिए।सन्चार माध्यमको पनि बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १५ जना घाइते
3 दिन अघि

बैतडी,माघ २२-जिल्लाको पुर्चौडी नगरपालिका–७ मा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। बिहीबार भौनी ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP