काठमाडौ जोड्ने सबै नाका बन्द ,राती यातायात सन्चालनमा पुर्ण रोक

१२असोज, काठमाडौं । काठमाडौं  जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ ।

पृथ्वी राजमार्ग,अरनिको,बिपि राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले शनिबार बिहानैदेखि यो सडक खण्ड बन्द रहेको छ ।

काठमाडौं–मुग्लिन–नारायणगढसम्म शनिबार रातभर सवारी चलाउन रोक लगाइएको छ । उता, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएका छन् । 

काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्डका विभिन्न स्थानमासमेत सडक अवरुद्ध भएको विभागले जनाएको छ ।

सबैभन्दा बढी असर विपी राजमार्गमा देखिएको छ ।बिहीबारदेखिको अविरल वर्षाका कारण हेटौंडाबाट काठमाडौं आउनेजाने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं), कुलेखानी फाखेल काठमाडौं, कुलेखानी मातातीर्थ काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल टेलिकमले जीएसएम प्रिपेड प्रयोगकर्ताका लागि अनलाइन विवरण अद्यावधिक सेवा सुरु
22 मिनेट अघि

काठमाडौ ,माघ २६-नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले आफ्नो व्यक्तिगत विवरण अनलाइनमार ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP