पर्यटन मन्त्री पाण्डेले पशुपति गौशाला धर्मशाला खाली गराउन रोकेर गरे अदालतको अपहेलना

१ कार्तिक ,काठमाडौँ ।सस्कृत ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पान्डेले अदालतको निर्णय विरुद्ध पशुपति धर्मशाला खाली गराउनुपर्ने ठाउमा उल्टै रोक्ने आदेश दिएकाछन।

पशुपति क्षेत्र बिकास कोष अध्यक्ष समेत रहेका  मन्त्री पान्डेले मारबाडी सेवा समितिको हित हुने गरि यस्तो खाले निर्णय गरेका हुन।

बर्षौदेखी मारबाडी सेवा समितीले कब्जा गरेर बसेको सम्पत्ति फिर्ता गराउन पर्ने ठाउँमा कोषको अध्यक्ष समेत रहेका मन्त्रीलाई रोक्न के कारण पर्यो?अदालतको आदेश मन्त्रीलाई नमान्ने छुट छ?पशुपतिनाथ भगवानको सम्पती संरक्षण गर्नु पर्ने दायित्व कि मन्त्रीको होइन?मन्त्रीको आदेसले आम मानिसमा यी र यस्तै खाले बिचारहरु पैदा हुन थालेकोछ।

काठमाडौ महानगरपालिकाले  अदालतको निर्णयको पालना गर्न पुग्दा  नगर प्रहरीलाई नेपाल प्रहरीले हस्तक्षेप गर्ने कामले नराम्रो मेसेज बाहिर गइरहेको बेला मन्त्रीको यस्तो खाले कदमप्रती  नागरिकहरु झनै संघिय सरकार प्रती रुष्ट बनेकाछन।

मन्त्री पाब्डेले कात्तिक ४ गते सन्चालक परिषदको बैठक मन्त्रालयमा बस्नेगरी पत्राचार समेत गरेकाछन।

स्थानीय सरकारलाई सहयोग गर्नुपर्ने ठाउँमा संघिय सरकारले नगर प्रहरी र नेपाल प्रहरी भिडाउन खोजेर जे गतिबिधि गरिरहेकोछ,त्यो कदापि ठिक गरिरहेको छैन भन्छ्न काठमाडौका जनता ।

बार्षिक ५० हजार सहयोग रकम बुझाएर मासिक ५० औ लाख कुम्लाइ रहेका मारबाडी सेवा समितिलाई अदालतको निर्णयले निद हराम बनाइदिएकोछ।

उनीहरु यतिबेला रोइकराइ गर्दाइ शक्ति केन्द्रको पाउ मोल्दै रोइलो मच्चाइरहेकाछन।जुन उदेश्यले सम्झौता गरि सर्त नियमको पालना गर्ने गरि गौशाला सन्चालन गर्ने गरि लिएको भए पनि अबैधानिक संरक्षना बनाउने ,पशुपति क्षेत्र बिकास कोषलाई रत्तिभर नम्माने मारबाडीहरुको रबैयालाई अदालतले नराम्रोसग झड्का दिएकोछ यतिबेला ।

कोषले समायानुकुल सम्झौता गर्न आउनुस भनेर पत्राचार गरेको थियो मारबाडी सेवा समितीलाई तर यो कुरा उस्ले सुनेन अन्तत:पाप धुरीबाट करायो यतिबेला ।

सियो बनेर पसेको माडे यति बेला फाली भएर निस्कदै भन्न थालेकोछ पशुपतिको गौशालाको सम्पतीमा हाम्रो हक लाग्छ,हामी मोहि हौ रे,कति पनि लाज सरम नभएपछि यस्तै हो भन्छन आम मानिसहरु ।

गौशाला धर्मशालामा कुनै पनि सेवा छैन,त्यहा सबै ब्यापार मात्र हुने गरेकोछ ।गाइगोठमा अस्पताल सन्चालन गरेर स्वास्थमाथी ठूलो खेलबाड समेत गरिरहेकोछ।यति धेरै पशुपतिनाथको सम्पती माथि आँखा लाउदा समेत मन्त्री पाण्डे किन तिनैको पक्षपोषणमा लागेका हुन?

७ बुदे कोषसग सम्झौता गर्दै काठमाडौ महानगरपालिकाले ब्यबस्थापनको जिम्मेवारी लिएर महानगरको बोर्ड त बल्ल तल्ल राखेकोछ तर नगर प्रहरीलाई नेपाल प्रहरीले भित्र समेत छिर्न दिएकोछैन।महानगरको प्रहरी ,डोजर नियन्त्रण लिने काम गरेकोछ।यस्तो क्रियाकलापले  कता जादैछ हाम्रो समाज ?

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल टेलिकमले जीएसएम प्रिपेड प्रयोगकर्ताका लागि अनलाइन विवरण अद्यावधिक सेवा सुरु
38 मिनेट अघि

काठमाडौ ,माघ २६-नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले आफ्नो व्यक्तिगत विवरण अनलाइनमार ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP