भुटानका राजा काठमाडौमा,परराष्ट्र मन्त्री राणाले गरिन स्वागत

भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक काठमाडौं आइपुगेका छन्।

अनौपचारिक भ्रमणका लागि शुक्रबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

उनलाई विमानस्थलमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले स्वागत गरेकी छन्।

भुटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ।

भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौंमा आएका हुन्।

भुटानी राजा आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

घरदैलो अभियानमा मतदातासँग संवाद : ओली
5 घण्टा अघि

काठमाडौं,माघ २६— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घरदैलो अभियानको क्रममा मतदातासँग संवाद ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP