त्रिभुवन बिश्व बिधालयको समस्या समाधानको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलिको निर्देशन
Admin
२०८१-०९-०७
463
Shares
७,पुष , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका समस्या समाधानको प्रस्ताव तत्काल ल्याउन पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार करिब तीन घण्टा भएको अनौपचारिक बैठकमा प्रधानमन्त्री ओलीले समस्या समाधानको प्रस्ताव मागेका हुन् ।
प्रधानमन्त्री ओलीले सबै क्षेत्रका समस्या र मागलाई समेटेर सरोकार भएका पक्षसँग थप छलफल गरी समाधानका उपायसहित निर्णय गर्नुपर्ने विषयहरू प्रस्तावका रूपमा ल्याउन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनुभयो,’ प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा लेखिएको छ ।
गत २७ मंसिरमा कीर्तिपुरमा भएको त्रिवि सिनेट बैठकमा प्रस्तुत कार्यसूचीमा पदाधिकारी र सिनेट सदस्यबीचको दुरी बढेको महसुस भएपछि कुलपति ओलीले आइतबार छलफल गरेका हुन् छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई, उपकुलपति प्रा.डा. केशरजंग बराल, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले, विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिहरू थिए ।
२०८१-०९-०७
463
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!