नयाँ नियम अनुसार मोटरसाइकल लाइसेन्स लिन १८ बर्ष पुग्नुपर्ने ,अवधी १० बर्षको हुने

१९ फागुन काठमाडौं । आयो नयाँ नियम । १८ वर्ष पूरा नगरेका व्यक्तिहरूलाई मोटरसाइकल र साना सवारीका लागि चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) नदिइने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ अनुसार अब १८ वर्षभन्दा कम उमेर भएका व्यक्ति सवारी साधनको लाइसेन्सका लागि अयोग्य ठहरिनेछन् ।

यसअघि १६ वर्ष पुगेपछि साना र तीन पाङ्ग्रे सवारीको लाइसेन्स पाइन्थ्यो । प्रस्तावित विधेयकमा ठूला सवारीको लाइसेन्स पाउन २३ वर्ष मझौला सवारीको लाइसेन्स पाउन २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने उल्लेख छ ।

यससँगै, सवारी चालक अनुमतिपत्रको नवीकरण अवधि पनि पाँच वर्षबाट बढाएर १० वर्ष तोकिएको छ ।
नयाँ विधेयकले व्यावसायिक सवारी चालक अनुमतिपत्रको लागि आठ कक्षा पास अनिवार्य गरेको छ ।

यसअघि व्यावसायिक लाइसेन्सका लागि शैक्षिक योग्यता तोकिएको थिएन ।यस खाले नया कुरा बाहिरिएसगै मिश्रित प्रतिक्रिया आउन थालेकोछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

४६५ मध्ये ३१६ सिट : जापानमा ताकाइचीको ‘सुपर मेजोरिटी’!”
2 घण्टा अघि

टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP