काठमाडौं, चैत १३ – बझाङ्ग जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नं. ४ स्थित सिम्लका घट्ट सिंचाई योजनामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
अख्तियारको अनुसन्धान अनुसार, आ.ब. २०७६/०७७ मा नै सम्पन्न भएको सिंचाई योजनालाई पुनः बजेट विनियोजन गरी आ.ब. २०७७/०७८ मा झूटा कागजातहरू तयार पारेर रु. १४ लाख ८ हजार ८१७ भुक्तानी लिइएको पाइएपछि आरोपपत्र दायर गरिएको हो।
उक्त प्रकरणमा तत्कालीन गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, प्रशासकीय अधिकृत, इन्जिनियर, लेखापाल, तथा उपभोक्ता समितिका पदाधिकारीहरू संलग्न रहेको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कानुनी कारबाहीको माग गरेको छ।
अब यो मुद्दाको सुनुवाइ विशेष अदालतमा हुनेछ।
झापा। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी रा ...

प्रतिक्रिया