जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी सहायक निरीक्षकमाथि नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा मुद्दा दायर

काठमाडौं १७ चैत्र । प्रहरी सहायक निरीक्षक श्याम कुमार गिरी (कुमार गिरी) विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी लाभ लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

उक्त मुद्दा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम दायर गरिएको हो। अनुसन्धान अनुसार, गिरीले सेवा प्रवेशका क्रममा बिहार संस्कृत शिक्षा बोर्ड, पटना बाट जारी गरिएको मध्यमा तह (SLC सरह) को झुट्टा प्रमाणपत्र पेश गरी नेपाल प्रहरीमा २०५७ फागुन ११ गते प्रहरी जवान पदमा भर्ना भएका थिए। उनी पदोन्नति हुँदै हाल जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी चौकी ग्यालटारमा इन्चार्जको रूपमा कार्यरत रहेका थिए।

अनुसन्धानका क्रममा गिरीले नक्कली प्रमाणपत्र पेस गरी नेपाल प्रहरी सेवामा प्रवेश गरेको पुष्टि भएपछि, उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९(२) एवं हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

नेपाल प्रहरी सेवामा झुट्टा प्रमाणपत्रको प्रयोग गरी लाभ लिने प्रवृत्तिलाई निरुत्साहित गर्न सम्बन्धित निकायले आवश्यक कदम चाल्ने बताइएको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
11 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP