तीनकुने हिंसा: पूर्वराजा ज्ञानेन्द्र नै जिम्मेवार, प्रधानमन्त्री ओलीको आरोप

काठमाडौं, चैत १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने हिंसात्मक प्रदर्शनको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको दाबी गरेका छन्। सोमबार संघीय संसदलाई सम्बोधन गर्दै उनले पूर्वराजाले ७ फागुनमा दिएको अभिव्यक्तिपछि देशव्यापी रूपमा राजावादी गतिविधि बढेको र १५ चैतमा भएको हिंसात्मक प्रदर्शन त्यसकै परिणति भएको दाबी गरे।

ओलीले पूर्वराजाले दुर्गा प्रसाईंलाई ‘आन्दोलन कमान्डर’ तोकेको, समाजलाई भड्काउने गतिविधि गरेको र देशको संविधानविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाए। ‘व्यवस्था मास्छु भनेर हिंसात्मक योजना बुन्नेहरू उन्मुक्ति पाउन सक्दैनन्,’ ओलीले भने।

सरकारले घटनाको निष्कर्ष निकाल्दै पूर्वराजालाई नै प्रमुख जिम्मेवार ठहर गरेको छ। अब यस विषयमा थप कारबाही हुने संकेत गर्दै ओलीले भने, ‘कानून सबैका लागि बराबर हो, चाहे जोसुकै होस्, उन्मुक्ति दिइँदैन।’

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
11 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP