श्रृष्टि थापा युट्युब च्यानलबाट सार्वजनिक भयो ‘ टाढा भए नि ’गित

श्रृष्टि थापा युट्युब च्यानलबाट सार्वजनिक भयो ‘ टाढा भए नि ’गित

काठमाडौं ।लोकप्रिय गायिका श्रृष्टि थापाको आवाजमा नयाँ भावनात्मक गीत ‘ टाढा भएनि  शुक्रबार सार्वजनिक भएको छ। श्रृष्टि थापा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले प्रेम, विछोड र आत्मीय सम्बन्धको संवेदनालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।

गीतको शब्द श्रृष्टि थापा र सागर सुनारको संयुक्त रचना हो भने संगीत सागर सुनारले संयोजन गरेका छन्। भिडियो सम्पादन टेकेन्द्र साहले गरेका हुन्, जसले दृश्यात्मक रूपमा गीतको भावलाई गहिरो बनाएको छ।

श्रृष्टिको मिठास भरेको स्वर, सागरको संगीत सृजनात्मकता, र भिडियोकै कलात्मक सम्पादनले गीतलाई श्रोतामाझ गहिरो प्रभाव पार्ने बनाएको छ।

सार्वजनिक भएको छोटो समयमै युट्युबमा गीतले उल्लेखनीय प्रतिक्रिया पाइरहेको छ। प्रेम र विछोडको अनुभूति बोकेको ‘ टाढा भएनि नेपाली गीतसंगीतप्रेमीहरूका लागि एक मन छुने प्रस्तुति बनेको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

टोखा नगरगान सार्वजनिक: गणतन्त्र दिवसको अवसरमा सांस्कृतिक इतिहास रचियो
10 महिना अगाडि

टोखा, जेठ १६ – गणतन्त्र दिवसको अवसर पारेर टोखा नगरपालिकाले ऐतिहासिक सांस्कृतिक दस्तावेजका रूपम ...

छुटाउनुभयो कि ?

TOP