कक्षा १२ को प्रश्नपत्र ‘आउट’ काण्ड : काठमाडौं वर्ल्ड स्कूलमा प्रशासन र परीक्षा बोर्डको छानबिन टोली

काठमाडौं, वैशाख २२ – भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कूलबाट कक्षा १२ को परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र ‘आउट’ भएको सूचना सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्ड (NEB) सक्रिय बनेका छन्।

प्राप्त सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपालप्रसाद अर्यालको नेतृत्वमा प्रहरी र राष्ट्रिय परीक्षा बोर्डको सूचना प्रविधि (आईटी) टोलीसहितको संयुक्त छानबिन टोली चानक्य कलेजस्थित परीक्षा केन्द्रमा पुगेको थियो।

सीडीओ अर्यालका अनुसार परीक्षा सुरु हुनुअघि नै केही परीक्षार्थीको हातमा प्रश्नपत्र पुगेको सूचना आएपछि तत्काल टोली परिचालन गरिएको हो। “हामीले प्रश्नपत्र समयभन्दा अगाडि बाहिरिएको प्रमाण पाएपछि अनुसन्धान थालेका छौँ,” उनले नेपाल प्रेससँग भने।

प्रहरी र परीक्षा बोर्डका अधिकारीहरूसहितको टोलीले परीक्षा केन्द्रमा परीक्षार्थीहरूका मोबाइल जफत गरेर जाँच थालेको छ। परीक्षा सकिए पनि काठमाडौं वर्ल्ड स्कूलका विद्यार्थीलाई बाहिर जान दिइएको छैन। उनीहरूको मोबाइलमा प्रश्नपत्र कसरी पुग्यो भन्नेबारे विस्तृत छानबिन भइरहेको जनाइएको छ।

छानबिन समिति गठन गरी प्रमाण संकलनको काम भइरहेको र दोषी पाइएको खण्डमा कानुनी कारबाही हुने सीडीओ अर्यालले जानकारी दिए।

यस घटनाले राष्ट्रिय परीक्षा प्रणालीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ
40 मिनेट अघि

वीरगन्ज (पर्सा), माघ २७ - जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प् ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP