गौशालाबाट कोटेश्वर जाँदै गरेको बस अनियन्त्रित भई पल्टियो, मानवीय क्षति नभएको पुष्टि

काठमाडौं, वैशाख २४– एअरपोर्ट सूचना विभागअगाडि गौशालाबाट कोटेश्वरतर्फ जाँदै गरेको एक यात्रुबाहक बस आज बिहान अनियन्त्रित भई सडकमा पल्टिएको छ। घटनामा मानवीय क्षति नभएको पुष्टि भएको छ।

प्रत्यक्षदर्शी मेघनाथ भुर्तेलका अनुसार बस अचानक अनियन्त्रित भएर पल्टिएको थियो। “हामी अगाडि उभिरहेका थियौं, एक्कासि बस हल्लियो र सिधै पल्टियो,” उनले भने, “तर सौभाग्यवश, यात्रुहरू सबै सकुशल बाहिर निस्कन सफल भए।”

हाल घटनास्थलमा ठूलो संख्यामा मानिसको भिड लागेको छ भने सुरक्षाकर्मी र ट्राफिक प्रहरी दुर्घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिइरहेका छन्। बस पल्टनुको कारणबारे अनुसन्धान सुरु गरिएको छ।बसको नम्बर  सहित अन्य कुरा खुल्न बाकी छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
11 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP