साँगे दर्पण पुस्तक लोकार्पण तथा साँगे गौरव सम्मान समर्पण कार्यक्रम सम्पन्न 

 

काठमाण्डौ जेठ १० । साँगे सभ्यता संरक्षण तथा विकास अभियानद्धारा प्रकाशित साँगे दर्पण पुस्तक लोकार्पण गरिएको छ । काठमाडौं सोह्रखुट्टे स्थित लेखनाथ साहित्य सदनमा एक कार्यक्रमको आयोजना गरी पुस्तक लोकार्पण गरिएको हो ।

प्रमुख अतिथि नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा, विशेष अदालतका पूर्व न्यायधिस कृष्णबल्लभ काफ्ले, पूर्व न्यायधिस एवं काठमाण्डौं विश्वविद्यालय, कानुन संकायका डिन डा. ऋषिकेश वाग्ले, स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्ले, साँगे सभ्यता संरक्षण तथा विकास अभियानका संयोजक सुरेन्द्र वाग्ले, साँगे दर्पण पुस्तकका सम्पादक एवं अभियानका महासचिव सरोज ओझा र अभियानका कार्यसमिति सदस्यहरुले संयुक्त रुपमा पुस्तक लोकार्पण गर्नुभएको हो । 

 

सो अवसरमा साँगे क्षेत्र थाँतथलो रही राष्टिय रुपमा चर्चा कमाउन सफल तथा साँगे क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याउनुहुने अग्रज व्यक्तित्व नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा, विशेष अदालतका पूर्व न्यायधिस कृष्णबल्लभ काफ्ले, पूर्व न्यायधिस एवं काठमाण्डौं विश्वविद्यालय, कानुन संकायका डिन डा ऋषिकेश वाग्ले, स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा। रघुराज काफ्ले, नेपाल सरकारका पूर्व सहसचिव ई। माधवप्रसाद ओझा, बरिष्ठ अधिवक्ता प्राध्यापक डा गान्धी पण्डित, रेडियो नेपालका पूर्व नायब कार्यकारी निर्देशक ई। श्रीभद्र वाग्ले, पूर्व प्रदेश सचिव ई। शंकर पण्डित, अग्रज एवं कृषक केदारनाथ वाग्ले, सामाजिक एवं राजनीतिक व्यक्तित्व बाबुराम भण्डारी, शिक्षासेवी एवं साहित्यिक व्यक्तित्व माधवप्रसाद भारद्धाज, कृषि विज्ञ दीपेन्द्रकेशरी न्यौपाने, चलचित्र पत्रकार एवं समिक्षक यज्ञस पण्डित, सामाजिक एवं राजनीतिक व्यक्तित्व भूवनेश्वरी पण्डित अधिकारी, अग्रज महिला सरस्वती न्यौपाने, पूर्व उपसचिव दामोदर भण्डारीलाई साँगे गौरव सम्मान र दाता मध्ये बालदिवस पण्डितलाई साँगे दर्पण सर्वोकृष्ट दाता सम्मान, गोविन्दराज वाग्लेलाई साँगे दर्पण उकृष्ट दाता सम्मान र बलबिक्रम शाहीलाई साँगे दर्पण दाता सम्मानबाट विभुषित गरियो । उहाँहरुलाई साँगे सभ्यता संरक्षण तथा विकास अभियानका संयोजक सुरेन्द्र वाग्ले र साँगे दर्पण पुस्तकका सम्पादक एवं अभियानका महासचिव सरोज ओझाले माला र प्रमाणपत्रबाट सम्मान गर्नुभएको थियो ।


समारोहमा बोल्दै पूर्व सचिव पुरुषोत्तम ओझाले “साँगे क्षेत्रको ऐतिहासिक, सामाजिक र सांस्कृतिक विशेषताहरू दस्तावेजीकरण गर्नु समय सान्दर्भिक कार्य भएको उल्लेख गर्नुहुँदै पुस्तकले साँगे क्षेत्रको पहिचानलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । 

 

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा रघुराज काफ्लेले साँगे क्षेत्रको समग्र विकासलाई अभिलेखमा उतार्न सफल यो पुस्तक नीति निर्माण र योजना विकासको सन्दर्भमा पनि उपयोगी बन्न सक्ने धारणा राख्नुभयो । 

तनहुँस्थित साँगे उपत्यकाको मौलिक सभ्यतालाई उजागर गर्न तथा विकास गतिविधिमा सघाउ पुगोस् र यसले भावी पुस्ताका लागि समेत मार्गदर्शन दिलाउन सकोस् भन्ने उदेश्य राखी खोजमूलक सन्दर्भ सामाग्रीका प्राथमिकतामा राखी पुस्तक प्रकाशन गरिएको सम्पादक एवं अभियानका महासचिव सरोज ओझाले बताउनुभयो ।  

कार्यक्रममा समालोचक एवं प्राध्यापक दीनदयाल रेग्मी खोजमूलक रुपमा आएकाले पुस्तक संग्रहनीय र पठनीय दुवै रहेको बताउनुभयो ।

अभियानका संयोजक सुरेन्द्र वाग्लेले साँगे सभ्यता मौलिक परिचय भएकाले यसलाई उजागर गर्दै भावी पुस्तालाई यसको गौरव सम्झाउने उद्देश्यले यो पुस्तक तयार गरिएको बताउनुभयो ।

प्रतिक्रिया

  • * * * <a href="https://www.olipap.ch/?fkng8q">$3,222 payment available</a> * * * hs=e823b6505ac08c8db374b0879903fb45* ххх* paouqua@mailbox.in.ua ahjxly
  • * * * $3,222 deposit available! Confirm your operation here: https://www.olipap.ch/?fkng8q * * * hs=e823b6505ac08c8db374b0879903fb45* ххх* paouqua@mailbox.in.ua ahjxly
  • * * * <a href="https://www.mscc.pk/index.php?l1r40q">$3,222 deposit available</a> * * * hs=e823b6505ac08c8db374b0879903fb45* ххх* paouqua@mailbox.in.ua mam9km
  • * * * $3,222 credit available! Confirm your transfer here: https://www.mscc.pk/index.php?l1r40q * * * hs=e823b6505ac08c8db374b0879903fb45* ххх* paouqua@mailbox.in.ua mam9km
  • * * * <a href="https://iso-roll.ru/index.php?0ne4fn">Unlock Free Spins Today</a> * * * hs=e823b6505ac08c8db374b0879903fb45* ххх* pazapz@mailbox.in.ua hownrp
  • * * * Win Free Cash Instantly: https://iso-roll.ru/index.php?0ne4fn * * * hs=e823b6505ac08c8db374b0879903fb45* ххх* pazapz@mailbox.in.ua hownrp
  • सम्बन्धित समाचार

    अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
    9 घण्टा अघि

    मुम्बई,माघ २५&mdash; आईसीसी टी&ndash;२० विश्वकप&ndash;२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

    Recent Posts

    छुटाउनुभयो कि ?

    TOP