काठमाडौँ, जेठ १२ — नेपाल सरकारको गृह मन्त्रालयभित्रै भिजिट भिसाको नाममा हुने आपराधिक 'सेटिङ धन्दा' को केन्द्र गृहमन्त्री रमेश लेखककै सचिवालय देखिन थालेको छ। शाखा अधिकृत विमल पौडेल, जो मन्त्री सचिवालयमा कार्यरत थिए, उनीमाथि गम्भीर भ्रष्टाचार र अनैतिक क्रियाकलापको आरोप लागेपछि सरुवा गरिएका छन्।
गत जेठ ६ गते, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेर कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो। उजुरीमा ‘भिजिट भिसामा सेटिङ’ को आरोप थियो, र उक्त गिरोहको खोज गर्दा गृहमन्त्री सचिवालयका अधिकारी पौडेलको नाम पनि तानिएपछि हतार-हतार सरुवा गरिएको हो।
स्रोतका अनुसार, पौडेललाई जेठ ४ गते नै सरुवा गरिएको पत्र दिइए पनि, छलफल र रणनीति बनाएर मात्र जेठ १२ गते सार्बजनिक गरिएको छ। यस्तो रणनीतिक सरुवाले अपराधलाई ढाकछोप गर्न खोजिएको आशंका थप बलियो बनाएको छ।
उनीलाई राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्र (NEOC) मा सरुवा गरिएको भनिए पनि, सरकारी वेबसाइटमै उनको नाम देखिँदैन। यसले थप प्रश्न खडा गरेको छ — के सरकार नै अपराधी लुकाउने खेलमा सहभागी छ?
विमल पौडेलको नाम यसअघि पनि नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने आपराधिक गिरोहमा संलग्न भएको अभियोगमा आइसकेको हो। नरवीर खड्कासहित पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु आचार्य, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागोला विरुद्ध मुद्दा दायर गरिएको थियो। यद्यपि, पौडेल पछि अदालतबाट सफाइ पाएका थिए — तर त्यो सफाइ कानुनी प्रक्रिया हो, नैतिकताको होइन।
गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख छवि रिजालका अनुसार सरुवा ‘स्तरीय निर्णय’ बाट गरिएको हो। तर जनताको नजरमा प्रश्न एकदम स्पष्ट छ — के गृहमन्त्रीको सचिवालय ‘भिसा माफियाको घेरो’ मा परेको हो?
यो प्रकरण यत्तिकै थाति रहन दिनु राष्ट्रघात हुनेछ। अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि शाखा अधिकृत पौडेलको पुरानो र नयाँ सम्बन्ध फेरेन्सिक र छानबिनमार्फत खुलाउनु आवश्यक छ।
मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

प्रतिक्रिया