इरानी आणविक केन्द्रबारे अमेरिकी रिपोर्ट चुहावट ‘देशद्रोह’ हो : ट्रम्पका विशेष दूत स्टिभ विटकफ

काठमाडौं, असार १२ — अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकफले इरानको आणविक स्थलमा अमेरिकी आक्रमणबारे लीक भएको गोप्य रिपोर्टलाई *‘देशद्रोह’*को संज्ञा दिएका छन्।

गत शनिबार अमेरिकाले इरानको प्रमुख आणविक केन्द्र फोर्डो बेसमा १२ बंकर बस्टर बम खसालेर आक्रमण गरेको थियो। आक्रमणपछि अमेरिकी पक्षले ‘आधार पूर्ण रूपमा ध्वस्त’ भएको दाबी गरेको थियो।

तर, पेन्टागनबाट लीक भएको प्रारम्भिक गुप्तचर मूल्यांकन प्रतिवेदनमा बम आक्रमणले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट गर्न नसकेकोकेवल केही महिना ढिलाइ मात्र हुने उल्लेख छ। यही रिपोर्टबारे टिप्पणी गर्दै स्टिभ विटकफले फक्स न्युजसँग भने,

“यो अपमानजनक छ, यो देशद्रोह हो र यसको गम्भीर अनुसन्धान गरिनुपर्छ। जो कोही यसका लागि जिम्मेवार छन्, उनीहरूलाई जवाफदेही बनाइनुपर्छ।”


पूर्वराष्ट्रपति ट्रम्पले पनि ट्रुथ सोसलमार्फत स्टिभ विटकफको भिडियो सेयर गर्दै भनेका छन्,

“हामीले फोर्डो बेसमा १२ बंकर बस्टर बम खसाल्यौं। बमहरू यसको सुरक्षा तहमा प्रवेश गरे र आधार पूर्ण रूपमा ध्वस्त भयो। त्यसैले ‘उद्देश्य सफल भएन’ भन्ने रिपोर्ट पूर्ण रूपमा आधारहीन हो।”


यसअघि पनि ट्रम्पले इरानमा बम खसालिरहेको भिडियो सेयर गर्दै अमेरिकी क्षमताको प्रमाण दिएको दाबी गरेका थिए।

तर, गुप्त रिपोर्ट लीक भएपछि अमेरिकी राजनीतिक वृत्तमा तीव्र बहस भएको छ। केहीले पेन्टागनको कमजोर गोपनीयता र भित्री मतभेदप्रति चिन्ता व्यक्त गरिरहेका छन् भने केहीले ट्रम्प पक्षको आक्रमण दाबीमा अतिरञ्जना भएको आशंका व्यक्त गरिरहेका छन्।

यसैबीच इजरायली अधिकारीहरूले पनि इरानको फोर्डो आणविक केन्द्र ‘निष्क्रिय पारिएको’ दाबी गरेका छन् भने चीन र रुसले अमेरिकी आक्रमणको निन्दा गर्दै आणविक सहकार्य अन्त्य गर्ने चेतावनी दिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर
3 घण्टा अघि

काठमाडौँ ।ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP