भिजिट भिसामा जानेको संख्या घट्यो, अध्यागमनमा कडाइपछि दैनिक ३ हजारले कमी

काठमाडौं, असार १७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा विदेशिने युवाबाट अवैध असुलीबारे अनुसन्धान भइरहँदा त्यसको प्रत्यक्ष असर देखिन थालेको छ। अध्यागमन विभागले अध्यागमन प्रक्रियामा कडाइ गरेपछि भिजिट भिसामा विदेश जानेको संख्या उल्लेख्य रूपमा घटेको पुष्टि भएको छ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार यसअघि दैनिक ९ देखि १० हजारसम्म नेपाली विदेश जाँदै आएकोमा अहिले त्यो संख्या घटेर ६ हजारदेखि ७ हजार सीमामा झरेको छ।

गत साता देखिएको असुली काण्डपछि अध्यागमन प्रशासनमा छानबिन जारी छ। त्यही क्रममा आइतबार विमानस्थल निरीक्षणमा पुगेका महानिर्देशक रिजालले अध्यागमन प्रणाली सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।

भिजिट भिसाको नाममा श्रम आप्रवासन भइरहेको भन्दै यसअघि संसद्मा समेत प्रश्न उठेको थियो। हाल कडाइसँगै विदेश जाने युवाहरू संख्या घट्नु, अध्यागमन सुधारको सुरुआती संकेत मानिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर
4 घण्टा अघि

काठमाडौँ ।ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP