काठमाडौँ, साउन २६ — हमासको कब्जामा रहेका बिपिन जोशीसहित अन्य ज्ञात–अज्ञात नेपालीहरुको छिट्टै रिहाइको माग गर्दै सोमबार पशुपति हङ्समण्डप अग्निकुण्डमा बालयोगेश्वर बिजय कृष्ण मुर्ति महाराजद्वारा विशेष हवन सम्पन्न गरिएको छ।
५२ दिने श्रीपशुपति तथा सड्ढट मोचन महायज्ञको क्रममा आयोजित यो हवनमा हजारौं भक्तजन भेला भएका थिए। वैदिक विधि बिधान अनुसार मन्त्रउच्चारण सहित सबै नेपालीहरुको छिटो रिहाइका लागि प्रार्थना गरिएको थियो।
हवनमा सञ्चारकर्मी, साधु–सन्त, समाजसेवी, कलाकार र राजनीतिज्ञहरुको समेत बाक्लो उपस्थितिले कार्यक्रमलाई थप औपचारिकता र आध्यात्मिकता प्रदान गरेको थियो।
बालयोगेश्वर बिजय कृष्ण मुर्ति महाराजले कार्यक्रममा भन्नुभयो, “हामी विश्वास गर्छौं कि छिट्टै सुखद खबर आउनेछ। सबै नेपालीहरु मिलेर शान्तिपूर्ण जीवन यापन गर्नेछन्। हमासबन्दीमा परेका नेपालीहरुको सुरक्षित र शीघ्र रिहाइका लागि हामी निरन्तर प्रार्थना गरिरहेका छौं।”
मानव सेवा फाउन्डेसन नेपालको अध्यक्षसमेत रहनु भएका महाराजले भक्तजनहरुको देश–विदेशबाट प्राप्त समर्थनले महायज्ञलाई थप सशक्त बनाएको बताउनुभयो।
यस महायज्ञमा भक्तजनहरु आफ्ना पाप, पीडा र बाधा हटाउन, भजन–कीर्तन गर्न, कथा सुन्न र दान गर्न निरन्तर पशुपति दर्शनका लागि आउँदै आएका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कथावाचकहरुले कथा वाचन गरिरहेका छन् भने अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले समेत कथा प्रस्तुत गरिरहेकी छिन्।
यो आध्यात्मिक महायज्ञले राष्ट्रिय एकता, मानव कल्याण र शान्तिको सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ।
काठमाडौँ ।ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ ...

प्रतिक्रिया