पर्यटन विभागका निर्देशक यादवविरुद्ध गैरकानूनी सम्पत्ति मुद्दा

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभाग, भृकुटीमण्डप, काठमाडौंका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा बिहीवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका अनुसार यादवले २०६६ जेठ २४ गतेदेखि २०७९ साउन २९ गतेसम्मको सेवाकालमा पारिश्रमिक, भ्रमण भत्ता, जीवन बीमा, हिमाल आरोहण भत्ता, परामर्श सेवा, घर बहाल, बैठक भत्ता, कृषि आय, जग्गा बिक्री, शेयर बिक्री तथा बैंक ब्याजलगायतबाट आफूसहित परिवारका नाममा जम्मा रु. २ करोड ६८ लाख १८ हजार ९ सय रुपैयाँ ७२ पैसा मात्र आय आर्जन गरेका थिए।

तर सोही अवधिमा घर-जग्गा खरिद, घर निर्माण, कर्जा भुक्तानी, शेयर खरिद, शैक्षिक खर्च, बीमा प्रिमियम भुक्तानी, बैंक मौज्दातलगायत शीर्षकमा यादव र परिवारले जम्मा रु. ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँ ९१ पैसा खर्च र लगानी गरेको पाइएको छ। यसरी आयभन्दा खर्च बढी भई रु. ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसाको स्रोत पुष्टि हुन नसकेपछि सो रकमलाई गैरकानूनी सम्पत्ति ठहर गरिएको हो।

अख्तियारले यादवले सार्वजनिक सेवामा रहँदा पदीय हैसियत दुरुपयोग गर्दै अमिल्दो र अस्वाभाविक जीवनस्तर अपनाएको तथा सम्पत्ति विवरणमा वास्तविक तथ्य लुकाएको प्रमाणित भएको जनाएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल गर्न माग गरिएको छ।

यसबाहेक, गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा समेत रहेको पाइएकोले, सो सम्पत्ति जफत गर्न आशा कुमारी यादवलाई समेत प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर
4 घण्टा अघि

काठमाडौँ ।ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP