समुदायको पहलमा बनेको मासुनागा आँखा अस्पताल : पूर्वी पहाडदेखि राजधानीसम्मको दृष्टिको भरोसा

काभ्रेपलाञ्चोक भदौ १ — काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–६ मा अवस्थित रेयुकाइ एइको मासुनागा आँखा अस्पताल पूर्वी पहाडी जिल्लालाई लक्षित गरी गुणस्तरीय उपचार सेवा दिँदै आएको छ।

१९ वर्षअघि स्थानीय समुदायको चन्दा र रेयुकाइको सहयोगमा स्थापना भएको यस अस्पतालले आजसम्म हजारौं बिरामीको दृष्टि फिर्ता गराउन सफल भएको छ। राजधानी काठमाडौं, भक्तपुर, ललितपुरसहित देशका विभिन्न स्थानका बिरामीहरू उपचारका लागि बनेपा पुग्ने गरेका छन्।

अत्याधुनिक फेको प्रविधिबाट बिना पट्टी र बिना इन्जेक्सन मोतिबिन्दुको शल्यक्रिया हुने यस अस्पतालमा बनेपा चारदोबाटोदेखि अस्पतालसम्म निःशुल्क यातायात सुविधा उपलब्ध छ। यसले ग्रामीण भेगका बिरामीलाई थप सहज बनाएको छ।

हाल काभ्रे, धनुषा, सुनसरी, सिन्धुपाल्चोक र नवलपरासीसहित पाँच जिल्लाका सात स्थानमार्फत सेवा विस्तार गरिएको अस्पतालले असंख्य बिरामीलाई दृष्टि दिन सफल भएको छ। धनुषाको ढल्केबरमा सर्जिकल सेन्टर स्थापना गरी सेवा थप प्रभावकारी बनाइएको जानकारी महासचिव हिरामणि शर्माले दिनुभयो।

समुदायकै पहलमा स्थापना भएको मासुनागा आँखा अस्पताल अहिले मुलुककै लागि दृष्टि र आशाको भरपर्दो केन्द्र बनेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर
2 घण्टा अघि

काठमाडौँ ।ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP