खोटाङको विद्यालय भवनमा भ्रष्टाचार : विशेष अदालतमा आरोपपत्र

खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय, बडहरेको भवन निर्माणमा भएको भनिएको व्यापक अनियमिततासम्बन्धी उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आर्थिक वर्ष २०७१/७२ मा २४ लाख रुपैयाँ सरकारी निकासा र विद्यालयको २५ प्रतिशत जनश्रमदान सहित ३० लाखको लागतमा चार कोठे RCC भवन निर्माण गर्न सम्झौता भए पनि, फिल्डमा मात्र करिब दुई लाख ७२ हजार बराबरको काम भएको देखिएको अख्तियारको दाबी छ। बाँकी रकम भने झुठा प्राविधिक प्रतिवेदन र बिल भरपाईमार्फत हिनामिना गरिएको अनुसन्धानमा खुलेको हो।

यसरी भवन निर्माण नभएको अवस्थामा समेत सरकारी रकम निकासा भई भुक्तानी भएको ठहरिँदा तत्कालीन जिल्ला शिक्षा कार्यालय खोटाङका अधिकारीदेखि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, लेखापाल र निर्माण व्यवसायी समेत संलग्न रहेको आयोगले ठहर गरेको छ।

प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफा अन्तर्गत कैद सजाय, जरिवाना र बिगो असुलको मागदाबी गरिएको अख्तियारले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ
एक घण्टा अघि

खलङ्गा (दार्चुला), माघ २७ -दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । जिल्ला प्रहर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP