गुठी संस्थानद्वारा इन्द्र जात्राको तयारीबारे जानकारी, प्रशासक कुवरको विशेष घोषणा

काठमाडौं भदौ १८ – गुठी संस्थान केन्द्रीय कार्यालयले बुधबार  राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी यस वर्षको इन्द्र जात्राका सम्पूर्ण तयारी र पूजापाठको कार्यक्रम सार्वजनिक गरेको छ।

गुठी संस्थानका प्रशासक शैलेशराज कुवरले पत्रकार सम्मेलनमा भदौ ९ गतेदेखि सुरु हुने तयारी र भदौ २६ गतेसम्म चल्ने जात्राको सम्पूर्ण गतिविधिबारे विस्तृत जानकारी दिए। उनका अनुसार यस वर्षको इन्द्र जात्रामा सहभागी हुने भक्तजनहरूको सुरक्षालाई ध्यानमा राख्दै ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा व्यवस्था गरिएको छ।

कुवरले इन्द्र जात्राको सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्वबारे पनि प्रष्ट पार्दै भने, “गुठी संस्थानले परम्परागत पूजाविधि, इन्द्रध्वज स्थापना, कुमारी रथयात्रा, मुखौटा नाचदेखि व्यवस्थापनसम्मका सम्पूर्ण कार्यमा तयारी पूरा गरेको छ।”

पत्रकार सम्मेलनमा गुठी संस्थानका कर्मचारी राजेन्द्र दहाल, जनक पोख्रेल, भीम अधिकारी, लछुना काफ्ले र बैकुण्ठ आचार्यको पनि उपस्थिति थियो। बाक्लो सञ्चारकर्मीको सहभागिताबीच प्रशासक कुवरले प्रस्तुत गरेको योजना र घोषणाले इन्द्र जात्राप्रति जनचासो थप बढाएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन
एक घण्टा अघि

काठमाडौँ, माघ २७ - प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP