काभ्रेपलाञ्चोक,भदौ १८– मालपोत कार्यालय, धुलिखेलमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार भण्डारीले जिल्ला काभ्रेपलाञ्चोक, दोलालघाट गा.वि.स. वडा नं. ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए। उजुरी र सूचनाका आधारमा खटिएको टोलीले उनलाई सेवाग्राहीसँग रु. २ लाख घुस लिइसकेको अवस्थामा मोबाइलसहित (थान १) आज मिति २०८२।०५।१८ गते कार्यालय परिसरमै नियन्त्रणमा लिएको हो।
भण्डारीमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो।
काठमाडौँ, माघ २७ - प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन ...

प्रतिक्रिया