अमेरिकाबाट १९ जना नेपाली डिपोर्ट, त्रिभुवन विमानस्थलमा बुझाइयो

काठमाडौं भदौ २० – अमेरिकाले अध्यागमन कानुन उल्लंघनको आरोपमा १९ जना नेपालीलाई बिहीबार बेलुका काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर बुझाएको अध्यागमन विभागले जनाएको छ

विभागले जनाएको छ कि १७ पुरुष र २ महिला रहेका उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरेपछि प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोमा बुझाइएको छ।

त्यसैगरी, डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति भएपछि अहिलेसम्म २३४ जना नेपालीलाई डिपोर्ट गरिएको छ। पछिल्लो पटक ३७ जनालाई डिपोर्टको तयारी भए पनि १९ जनामात्र नेपाल ल्याइएको हो।

विभागका अनुसार नेपाल फर्किएका मध्ये एक जना विद्यार्थीलाई मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा डिपोर्ट गरिएको हो भने अर्का एक जना लायन्स क्लबको कार्यक्रममा सहभागी हुन अमेरिका पुगेपछि अवैधानिकरुपमा बसेर त्यहाँको कानुन विपरीत गतिविधि गरेको आरोपमा फिर्ता गरिएको हो।

चार्टर्ड विमानमार्फत ल्याइएका १९ जनालाई विभागले प्रहरीलाई बुझाइसकेको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ
एक घण्टा अघि

खलङ्गा (दार्चुला), माघ २७ -दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । जिल्ला प्रहर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP