१३ हजार घुस प्रकरणमा नापी कार्यालय सहयोगीविरुद्ध विशेष अदालतमा आरोपपत्र

काठमाडौँ, भदौ २० – चन्द्रागिरी नगरपालिका–१३ (साविक पुरानो नैकाप–८ख) स्थित जग्गा हालसाविक गरी नयाँ प्रमाणपूर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिएको अभियोगमा नापी कार्यालय कलंकी, ३ नं. नापी टोली, पुरानो नैकापमा कार्यरत कार्यालय सहयोगी (करार) एकेन्द्र बहादुर कुँवरविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले कुँवरलाई सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगले जनाएको छ। अनुसन्धानमा कुँवरले भूमिसुधार तथा मालपोत कार्यालय, कलंकीमा दर्ता श्रेस्ता कायम रहेको उक्त जग्गाको प्रमाणपूर्जा उपलब्ध गराउन आवश्यक सहजीकरण गरिदिने भन्दै रकम मागेको र लिएको पुष्टि भएको हो।

आयोगका अनुसार कुँवरमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसूर देखिएकाले बिगो १३ हजार कायम गर्दै सोही ऐनको दफा ३(१)(क) अनुसार कैद र बिगोअनुसार जरिवानाको सजाय मागदाबी गरिएको छ।

आयोगले आरोपपत्र दायर गरी मुद्दा दायर गरेपछि अब विशेष अदालतले सुनुवाइ प्रक्रिया अघि बढाउनेछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ
एक घण्टा अघि

खलङ्गा (दार्चुला), माघ २७ -दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । जिल्ला प्रहर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP