काठमाडौंको चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यु

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार बिहानदेखि राजधानीको चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) छविलाल रिजालका अनुसार सोमबार बिहान ५ बजे सकिएको अघिल्लो कर्फ्यु सकिएलगत्तै आज बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि नयाँ कर्फ्यु लागू गरिएको हो।

कर्फ्यु आदेश काठमाडौं महानगरको बालकुमारी पुलदेखि कोटेश्वर, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको सम्पूर्ण चक्रपथभित्र लागू छ।

कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारी आवतजावत, सभा, जुलुस र कुनै पनि प्रकारको प्रदर्शन पूर्णरूपमा निषेध गरिएको प्रशासनले जनाएको छ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध हिजो राजधानीमा युवाहरुले गरेको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोलीमा १९ जनाको ज्यान गएको थियो। उक्त घटनापछि प्रशासनले चक्रपथभित्र कडा सुरक्षाकासाथ अनिश्चितकालीन कर्फ्यु लागू गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन
एक घण्टा अघि

काठमाडौँ, माघ २७ - प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP