काठमाडौं ,असोज ३-समाजशास्त्री, सूक्ष्म वित्तीय विश्लेषक तथा सामाजिक अभियन्ता जयबहादुर सिंहद्वारा लेखिएको पुस्तक परिकल्पना जाजरकोट शुक्रबार राजधानीमा लोकार्पण गरिएको छ। सिंहको पहिलो कृति काठमाडौंको रिपोर्टर्स क्लबमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख निरज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा कर्णाली–काठमाडौं प्रदेश सम्पर्क समिति उपाध्यक्ष पूजा बस्नेत शाही, एमाले कर्णाली प्रदेश कमिटी सदस्य खिमबहादुर शाही, जिल्ला कमिटी अध्यक्ष नरेन्द्र शाही, नेता रामप्रसाद रिजाललगायतले शुभकामना मन्तव्य दिएका थिए। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका महासचिव भीमराज सिंह, सम्पर्क समन्वय समिति सदस्य जेबी शाही, एमाले जिल्ला कमिटी सचिव गोपाल नेपाली, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीभीटी) कर्मचारी संगठनका महासचिव गोपाल बस्नेत, समाजसेवी पवनकुमार श्रेष्ठ, सर्वोच्च अदालतका उपरजिस्ट्रार निराजन आचार्य, समाजसेवी इन्द्र अधिकारीसहित सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो।
लेखक सिंहले जाजरकोट भौगोलिक रूपमा देशको नक्सामा भए पनि विकासको नक्सामा समावेश हुन नसकेको कारण यो पुस्तक लेखिएको बताए। विद्यालयमा खाली कुर्सी, अस्पतालमा औषधि नपाइने अवस्था र युवाहरूको वैदेशिक पलायनजस्ता समस्याले आफूलाई लेख्न प्रेरित गरेको उनको भनाइ थियो। उनले पुस्तकमा जाजरकोटको सामाजिक–आर्थिक यथार्थ, समृद्धिको रणनीतिक मार्गचित्र, युवा तथा महिला सशक्तिकरण, नीति निर्माण र दिगो विकासका व्यवहारिक कार्यदिशा प्रस्तुत गरिएको जानकारी दिए।
जाजरकोट जिल्ला छेडागाउँ नगरपालिका–११ कालाढुंगामा जन्मिएका सिंहसँग वित्तीय क्षेत्रमा ११ वर्षको अनुभव छ। समाजशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गरेका उनले सामाजिक न्याय, ग्रामीण विकास र वित्तीय सशक्तिकरणमा योगदान पुर्याएका छन्। यसबापत उनलाई अन्तर्राष्ट्रिय गौरव अभिमान पुरस्कार, नेपाल लेखक पुरस्कार, उत्कृष्ट प्रेरक वक्ता पुरस्कारलगायतका सम्मान मिलिसकेको छ। साथै, उनको नाम लन्डन बुक अफ वर्ल्ड रेकर्ड मा समेत अङ्कित छ।
“जाजरकोट सम्भावनाले भरिएको ठाउँ हो। शिक्षा, स्वास्थ्य र रोजगारीका चुनौती भए पनि यहाँ पर्यटनलगायतका क्षेत्रमा विकासको ठूलो सम्भावना छ। समृद्ध जाजरकोट बनाउन पुस्तकमार्फत आफ्नो दृष्टिकोण राखेको छु,” सिंहले भने।कार्यक्रम सन्चार्कर्मी तथा गायिका बिष्णु माया पौडेलले उत्कृष्ट ढङ्गले सन्चालन गरेकी थिइन ।
काठमाडौँ । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गर ...

प्रतिक्रिया