मन्त्री भन्न रहर लागे ‘कबाडी वैज्ञानिकमन्त्री’ भन्नू : महावीर पुन

काठमाडौं,असोज ६- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि मन्त्री सिफारिस भएका वैज्ञानिक महावीर पुनले आफूलाई ‘मन्त्री’ भनेर सम्बोधन नगर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पुनको नाम राष्ट्रपति समक्ष सिफारिस गरेसँगै उनले सामाजिक सञ्जालमार्फत पहिलो घोषणा गर्दै लेखेका छन्, “मलाई मन्त्री नभन्नुहोला। कसैलाई मन्त्री भन्न साह्रै रहर छ भने कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला।”

पुनले फोन गरेर बधाई दिने, खादा वा माला लिएर घरमा आउनु पर्ने कुनै आवश्यकता नरहेको स्पष्ट पारेका छन्। बरु आगामी पाँच महिनामा शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा गर्न सकिने ठोस काम तथा नयाँ विचार भए, आफूलाई ह्वाट्सएपमार्फत सेयर गर्न आग्रह गरेका छन्।

उनको यो स्पष्टिकरणले परम्परागत राजनीतिक अभ्यासभन्दा भिन्न शैलीमा जिम्मेवारी लिन खोजेको सन्देश दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

वैदेशिक रोजगारीमा बायोमेट्रिक–मेडिकल ठगी नियन्त्रण अभियान सुरु, सिन्डिकेटमाथि छापा
3 घण्टा अघि

काठमाडौं,माघ २७- वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि वर्षौंदेखि चल्दै आएको बायोमेट्रिक र मेडिकल ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP