एमाले केन्द्रीय कमिटी बैठक तेस्रो दिन पनि जारी, अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी

काठमाडौ असोज ३१-नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक तेस्रो दिन पनि ललितपुरको जावलाखेलमा जारी छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरूले धारणा राख्न थालेका छन्।

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहीबार दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले आफ्ना धारणा र सुझाव राखेका थिए। यसअघि पहिलो दिन बुधबार ५० जना सदस्यले बोल्ने अवसर पाएका थिए।

बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट समय दिइएको छ। आज पदाधिकारीहरूले पनि राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राख्ने कार्यतालिका रहेको पार्टी स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP