प्रेस काउन्सिलद्वारा ४८ सामाजिक सञ्जाल खाता कारबाही

काठमाडौँ, मंसिर १० — प्रेस काउन्सिल नेपालले आचारसंहिता उल्लंघन तथा प्रतिकूल सामग्री सम्प्रेषण गरेको भन्दै ४८ वटा सामाजिक सञ्जाल खातामाथि कारबाही गरेको छ। फेसबुक र युट्युबमार्फत अश्लील, उत्तेजक तथा भ्रम फैलाउने सामग्री प्रसारण भइरहेको विशेष अनुगमनबाट पुष्टि भएपछि कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ।

काउन्सिलका अनुसार गलत सूचना, अफवाह, गालीगलौज, राष्ट्रियता र स्वाधीनताविरुद्ध अभिव्यक्ति, सामाजिक सद्भाव खलल पार्ने तथा हिंसा उकास्ने सामग्री तथा अतिरञ्जित शीर्षक–थम्बनेल प्रयोग प्रचलित कानुन र पत्रकार आचारसंहिताविपरीत छन्।

अनुगमनका क्रममा मिडियासँग आबद्ध वा मिडियाजस्तै देखिने २५ वटा खातालाई आचारसंहिता प्रतिकूल सामग्री सम्पादन वा स्थगन गरी काउन्सिललाई जानकारी दिन निर्देशन गरिएको छ। यस्ता सामग्री अब दोहोरिन नदिन सचेतनात्मक निर्देश पनि जारी गरिएको काउन्सिलले बताएको छ।

यस्तै, मिडियाजस्तै देखिए पनि दर्ता/अभिलेख नभई पत्रकारिताको छवि बिगार्ने १० वटा खातालाई सामग्री स्थगन गर्ने तथा नियमअनुसार दर्ता/अभिलेख गरी मात्र सामग्री प्रसारण गर्न निर्देशन गरिएको छ।

कुनै सम्पर्क ठेगाना नखुलेका १३ वटा खाताबारे नेपाल प्रहरीको साइबर ब्युरोसँग समन्वय गरी अनुसन्धान तथा कारबाही प्रक्रियामा अघि बढाइएको काउन्सिलले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन
11 घण्टा अघि

झापा। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी रा ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP