काठमाडौँ,मङ्सिर १४— श्रीलंकामा ‘दित्वा’ आँधीका कारण उत्पन्न भीषण बाढी–पहिरोले देशभर विनाश मच्चाएको छ। २० हजारभन्दा बढी घर पूर्ण रूपमा नष्ट भएका छन् भने एक लाखभन्दा बढी सर्वसाधारणलाई अस्थायी शिविरमा सारिएको श्रीलंकाको विपद् व्यवस्थापन विभागले जनाएको छ।
विभागका महानिर्देशक सम्पत कुतोवेगोदाका अनुसार १५९ जनाको मृत्यु पुष्टि भएको छ भने २०० भन्दा बढी मानिस बेपत्ता छन्। उनका अनुसार स्थल, वायु तथा नौसेनाको सहयोगमा व्यापक राहत तथा उद्धार कार्य भइरहेको छ।
सबैभन्दा ठूलो मानवीय क्षति मध्य श्रीलंकास्थित बादुला जिल्लामा देखिएको छ, जहाँ सडक अवरुद्ध भएपछि धेरै बस्ती बाहिरी सम्पर्कविहीन बनेका छन्। पहिरोले सडक भत्किँदा गाउँसम्म उद्धार टोली र राहत सामग्री पु¥याउन कठिनाइ भएको अधिकारीहरूले बताएका छन्।
धेरै प्रभावित बस्तीका नागरिक मन्दिर र घरका सुरक्षित स्थानमा शरण लिएर बसिरहेका छन्। खाद्यान्न र पिउने पानीको अभाव तीव्र बन्दै गएको छ।
विपद्ले देशको एकतिहाइ क्षेत्रमा बिजुली र पानी आपूर्ति ठप्प बनाएको छ। धेरै स्थानमा इन्टरनेट सेवा समेत बन्द हुँदा सूचना आदान–प्रदानमा समेत समस्या परेको छ।
राजधानी कोलम्बोबाट करिब ११५ किलोमिटर पूर्वतर्फ रहेको क्यान्डी क्षेत्रमा पनि ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको छ। धेरै क्षेत्र बाहिरी सम्पर्कविहीन बनेका छन्।
झापा। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी रा ...

प्रतिक्रिया