काठमाडौं, मंसिर १९ — टोखा नगरपालिकामा शुक्रबार साँझ ५७१ वटा स्मार्ट सडक बत्ती एकैपटक सञ्चालनमा आएपछि पुरै क्षेत्र उज्यालो बनेको छ। मेयर प्रकाश अधिकारीले उद्घाटन समारोहमा ल्यापटपमार्फत स्विच–अन गर्दै सबै बत्ती एकैसाथ बालेर परियोजनाको औपचारिक सुरुवात गरे।
यो परियोजना नगरको पूर्वाधार विकासमा एउटा महत्वपूर्ण छलाङका रूपमा हेरिएको छ। ७०, ९० र १२० वाट क्षमताका आधुनिक बत्ती जडान गरिएको उक्त परियोजना ४ करोड ३८ लाख रुपैयाँमा सम्पन्न भएको हो। खर्चमध्ये ६५ प्रतिशत टोखा नगरपालिका र ३५ प्रतिशत नेपाल विद्युत् प्राधिकरणले व्यहोरेको नगरपालिकाले जनाएको छ।
सूर्यदय उर्जा प्रालि द्वारा ठेक्का लिएर निर्माण सम्पन्न भएपछि सामाखुसी चोकदेखि झोरसम्म, बसपार्क–भत्केको पुल, साउथ–वेस्टर्न स्कुल–भगवती मन्दिर, वडा नं. ४ कार्यालय, तालगौडा–ग्रीनल्याण्डलगायत प्रमुख सडक खण्डहरू स्मार्ट बत्तीको उज्यालोमा संचालनमा आएका छन्।
उद्घाटनपछि मेयर प्रकाश अधिकारीले परियोजनामा साथ र सहयोग गर्ने सम्पूर्ण निकायप्रति धन्यवाद व्यक्त गर्दै टोखालाई “थप सुरक्षित, सहज र आधुनिक नगरतर्फ लैजाने अभियानमा यो ठूलो उपलब्धि” भएको बताए।
समारोहमा नेपाल विद्युत् प्राधिकरण अन्तर्गत राष्ट्रिय बत्ती सडक आयोजनाकी निमित्त प्रमुख आशा खनाल, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, वडा ६ तथा ७ का अध्यक्षहरू, अन्य जनप्रतिनिधि, कर्मचारी, समुदायका प्रतिनिधि तथा निर्माण कम्पनीका अधिकारीहरू उपस्थित थिए।
स्थापित स्मार्ट बत्तीहरू ‘डिमिङ सिस्टम’ सहित सञ्चालनमा रहनेछन्। नगरपालिकाका अनुसार राति १२ बजेदेखि बिहान ४ बजेसम्म बत्तीको प्रकाश स्वचालित रूपमा घट्नेछ, जसले विद्युत् खपतमा उल्लेखनीय बचत हुने र नगरको खर्च समेत कम हुने अनुमान गरिएको छ।
टोखामा एकैपटक यति ठूलो संख्यामा स्मार्ट सडक बत्ती सञ्चालनमा आएसँगै नगर पूर्वाधार सुधार, सुरक्षा वृद्धि र स्मार्ट सहरको आधार निर्माणतर्फ महत्वपूर्ण उपलब्धि थपिएको नगरपालिकाले जनाएको छ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया